धादिङमा जिप दुर्घटना , दर्जनौं घाइते

धादिङ / जिल्लाको ज्वालामूखी गाउँपालिका ३ स्थित अमराईमा जिप दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये ६ जनाको अवस्था सख्त छ ।

सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी जाँदै गरेको बा १३ च १२३० नं. को जिप मंगलबार अपराह्न दुर्घटनामा भएको हो । घाइते हुनेहरुमा वीरबहादुर नौरती, प्रति बिक, लोकबहादुर सामरी, मिलन परियार, सन्ध्या परियार, लक्ष्मी श्रेष्ठ, कोपिला श्रेष्ठ, रिजन श्रेष्ठ लगायत छन् ।

स्थानीय सीताराम अधिकारीका अनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ ।

कच्ची सडकमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई एम्बुलेन्स र जिपको माध्यमबाट सदरमुकाम पुर्‍याइएको छ ।

Loading...
प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार १२:५६