पल र गरिमा अभिनित थारु भाषको गीत

काठमाडौं / पल शाह र गरिमा शर्माले थारु भाषामा गाइएको गीतको भिडियो खेलेका छन् । ‘दिन गिन गिन’ गीतको भिडियोमा पललाई पर्खंदै गरिमा बसिरहेकी छिन् । भिडियो :

विक्रम चौहानको निर्देशनमा बनेको ‘दिन गिन गिन’ को छायाँकन तराई भेगमा गरिएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् । पल शाह र गरिमा शर्माको ‘दिन गिन गिन’ गीतको भिडियो यतिबेला युटुवको ट्रेन्डिङ उकालो लाग्दै छ ।

नरेश जोगीको शब्द तथा संगीत रहेको ‘दिन गिन गिन’ मा स्वर अनु चौधरी र नरेशकै छ । अरेञ्ज गणेश चौधरीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ ड्रिम्स स्टुडियोका लागि प्रकाश के.सीले गरेका हुन् ।

Loading...
प्रकाशित मिति ८ माघ २०७७, बिहीबार १०:४७