तीजको कार्यक्रम गर्न नदिए महासंघले पार्टी प्यालेसमा राजनीतिक दलका कार्यक्रम गर्न नदिने

काठमाडौं । तीजको बेलामा स्थानीय सरकारहरुले पार्टीप्यालेसमा कार्यक्रम गरी मानाउन नपाउने निर्णय गर्न थालेपछि पार्टीप्यालेस व्यवसायीहरुले आपत्ति जनाएका छन् । सरकारले पार्टीप्यालेसमा तीज कार्यक्रम गर्न नदिए आफूहरुले पनि राजनीतिक दलका कार्यक्रम पार्टीप्यालेसमा गर्न नदिने चेतावनी समेत दिएका छन् ।

तीजको समयमा दर खाने भन्दै ठूलो आवजमा गीत बजाउने र गरगहना प्रदर्शन गर्ने गरेको भन्दै देशभरका अधिकांश स्थानीय प्रशासनले पार्टीप्यालेसमा तीज मनाउन कडाई गर्ने भएका छन् ।

अधिकांश जिल्लामा यो निर्णयको विरोध भएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले पनि विरोध गरेको छ ।महासंघका अनुसार स्याङ्जा, कास्की, रुपन्देही, पर्वत, काभ्रे, धादिङ् लगायतका जिल्लाका स्थानीय तहहरुले पार्टी प्यालेसमा दर खाने कार्यक्रम गर्न रोक लगाएका छन् ।

त्यस्तै अन्य स्थानीय तहमा पनि रोक लगाइएको महासंघको भनाई छ । तीजको मौलिकतामा आँच पुग्ने र शान्ति सुरक्षामा चुनौती पु¥याउने भन्दै रोक लगाईदा पार्टी प्यालेस व्यवसायीको व्यवसाय धरापमा पर्ने व्यवसायीहरुको भनाइ छ ।

महासंघले तीजमा दरखाने कार्यक्रम गर्न रोक लगाउने निर्णय फिर्ता नलिए राजनीतिक दलका कार्यक्रम पनि गर्न नदिने जनाएको छ । महासंघले तीजको केही दिनदेखि दर खाने कार्यक्रम गर्दै आएकोमा महिनौं अघि देखि गरेको भन्दै रोक लगाउनु अशोभनिय भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ०१:४९