शर्मिला गुरुङ  र सन्ध्या बुढाको  “चेलीको ब्यथा” सार्वजनिक

काठमाडौं  ।   लोकप्रिय गायिका शर्मिला गुरुङ , पुर्षोत्तम गैरे र सन्ध्या बुढाको  “चेलीको ब्यथा २” तीज गीत सार्वजनिक भएको छ । गीतलाई स्वाभिमान क्रियशनको युटयुबबाट सार्वजनिक गरिएको छ ।

राजु महोत्राको शब्द रहेको उक्त गीतमा पुर्षोत्तम गैरेको संगीत रहेको छ । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा सार्वजनिक भएको उक्त गीतमा माइतीले हेला गरेको गुनासो गरिएको छ ।

राजु महोत्रा, मिरा महोत्रा, पुष्पा ज्ञवाली , हरि , मन्जु , किरण र सन्तोषको अभिनय रहेको उक्त गीतको भिडियो बिष्णु भट्टराईले छायाँकन गरेका हुन् ।

भिडियो हेेरौ

धन नहुँदा हेला गरेको देखाइएको उक्त गीतको भिडियोमा धनि भए पछि सबैले माया देखाएको देख्न सकिन्छ । । गीतको भिडियोलाई बिष्णु भट्टराईले नै निर्देशन तथा संपादन गरेका हुन् ।

Loading...
प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार ११:३५