प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर बाँडे खुशी

काठमाडौं – मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले खुशीयाली बनाएका छन् ।

सर्वोच्चले फैसला गर्दा प्रचण्ड र माधव नेपाल चितवनमा रहेका छन् । यसैबीच प्रचण्ड पुत्री गंगा दाहालले प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी बाँडेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

उनले प्रचण्ड र नेपालले लड्डु खुवाएर खुशी बाँडेको तस्बिर शेयर गर्दै  बधाई लेखेकी छिन् ।  सर्वोच्चको निर्णय आएसँगै एकअर्कालाई लड्डु पनि खुवाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले सरकारले गरेको पुस ५ को निर्णय उल्टाएको हो । अदालतले गरेको फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ ।

गएको पुस ५ गते नेकपाभित्रको विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेका थिए ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १५:३८