काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा १७ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १३ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।