झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

झापा, १९ फागुन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा–माइधार सडकखण्डमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका–१ का ३३ बर्षीय दिलिप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार (आज)अपरान्ह करीब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को ४ क १६८४ नम्बको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १–०१३–प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् ।

घाइते मध्ये मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका १६ का दिलिप क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

Loading...
प्रकाशित मिति १९ फाल्गुन २०७७, बुधबार १५:१२