काठमाडौँ / सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।
शहीद परिवारलाई भेटे विप्लवले
यसैबीच महासचिव विप्लवले जनयुद्धका क्रममा ज्यान गुमाएकी नवलपरासीकी प्रथम शहीद फूलमाया सारुकाे परिवारलाई आज बिहान भेट गरेका थिए ।
माओवादी विचारधाराका पार्टीहरुले फागुन १४ देखि २१ सम्म बलिदान सप्ताहका रुपमा मनाउँदै आएका छन् ।
बलिदान सप्ताहकाे अन्तिम दिन आज विप्लवले सारुकाे परिवारलाई भेट गरेकाे नेकपा विप्लवका देवचुली इन्चार्ज रबिले जानकारी दिए ।
विप्लवलाई शहीद फूलमायाको परिवारले रातो टीका लगाएर काठमाडौँ बिदाइ गरेका थिए ।
फूलमायाको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमा भएकाे माओवादी आक्रमणका क्रममा ज्यान गएकाे थियो ।