काठमाडौं /चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका लामिछानेसहित युवराज कंडेल समेत पक्राउ परेका हुन् ।
यसअघि यही प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लैजाने तयारी गरेको छ।