नेकपा प्रमुख ढकालको घरमा ३ वटा शक्तिशाली ब’म प्रहार

बुटवल ३१ साउन / नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा ब’म प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल ब’म ३ प्रहार भएको हो । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी ब’म प्रहार भएको छ । ब’म कसले प्रहार गर्यो‍ भन्ने खुल्न सकेको छैन ।

सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् । म काठमाडौं गम्भीर विरामी भएर उपचार गर्दै छुु । राति दुुईबजेततिर ब’म प्रहार भएको जानकारी पाएँ ।

मलाई घरमै छ भनेर ब’म हानिएको रहेछ’ उनले लोकान्तरसँग भने । डइलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए । ब’म प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...
प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार ०२:०२