कस्तो फिल्म खेल्दैछिन् स्वस्तिमा ?

स्वस्तिमा खड्कालाई नेपाली फिल्मकी चलाख अभिनेत्री भन्न सकिन्छ कि सकिदैन ? स्वस्तिमाको काम गर्ने स्टाइल हेर्दा उनी चलाख छिन् । स्वस्तिमाले कस्तो फिल्म खेल्दैछिन् भनेर हेर्दा पनि उनी कती चलाख छिन् भनेर अड्कल लगाउन सकिन्छ ।

अभिनेत्री स्वस्तिमा खड्काले चल्ने कि आफू चल्ने फिल्म खेलिरहेकी छिन् । दिपकराज गिरीको टिम, विकासराज आचार्यको टिम उनले छाडेकी छैनन् । मुख्य हिरोइन भएरदेखि सानो सानो भूमिकामा पनि उनी अटाउन छाड्दिनन् ।

उनी, कथावस्तु देखिने र आफ्नो अभिनय देखिने फिल्म पनि खेल्दैछिन् । बुलबुल, घामद शेरे यसकै उदाहरण हुन् । स्वस्तिमाले यी फिल्म खेल्नुको कारण पनि यही हो ।

स्वस्तिमाको रोजाइमा अब आई एम ट्वान्टी वान परेको छ । यो फिल्ममा उनी धिरज मगरको प्रेमिका बन्न तयार छिन् । फिल्ममा जसिता गुरुङ हिरोइन छिन् । स्वस्तिमा खड्काले रेनशा वान्तवा राइको टिमसँग काम गर्न लाग्नु पनि ठूलो ब्यानर, चल्छ भन्ने सोच नै हो । स्वस्तिमाले निकै बठ्याँई गरेर फिल्म छानिरहेकी छिन् । के स्वस्तिमाको रोजाइमा उनको चलाखी देखिदैन र ?

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०३:२९