रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद छ : मन्त्री ज्ञवाली

‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृ*त फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आ*त्मह*त्या गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंका*स्पद रहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’

कानुन भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न

त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताए । उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘मरेको मानिसले कसैले आ*त्मह*त्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानुन भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’

उनले बालुवाटारको जग्गा खोजीगर्ने काम यसै सरकारले गरेको पनि बताएका छन् । मन्त्री ज्ञवालीले अख्तियारले अनुसान्धान थालेको भन्दै दोषी जो भए पनि कार्बाही हुने प्रतिवद्धता जनाए ।

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ०७:५४