रवि लामिछाने समर्थकहरुले झापामा जुलुस निकाले

झापा, ३२ साउन / न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रवि लामिछानेको समर्थनमा आजबाट झापामा प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हि.रासतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले -याली निकालेका हुन् ।

स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधारणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने र कँडेल दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आ. त्मह त्याको निष्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागी नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको व्यानर लिएर ¥यालीमा उत्रिएका थिए

¥याली बिर्तामोड बजार परिक्रममा गरि मुक्तीचोकमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले आइतबार साँझ ५ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सीधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणमा प क्राउ गरेको थियो ।

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार १४:०७