आजको विदेशी मुद्रा विनियमदर , कुन देशको कति ?

काठमाडौं । आज आइतबार यूके पाउण्डसहित केही देशको भाउ बढेपनिधेरै देशको भाउ भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति १ भाद्र २०७६, आईतवार ०२:३२