पूर्वयुवराज पारस साहले विमानस्थलमै प्रहरीमाथि यसरी हातपात गरे (भिडियोसहित)

काठमाडौं। पुर्व युवराज पारश शाहका छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै पुर्व युवराज पारसले प्रहरीमाथी हात पात गरेका छन् ।

आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका आफ्ना छोरा र भान्जा माथि प्रहरीले अपमान गरेको देखे पछि पारषले बिमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षक लाई छातीमा समातेर धकलेका हुन् । यो भिडियो फेरी हेर्नुहोस् । पर पुगी सकेका पारस फर्की फर्की प्रहरी माथि आइलागेका थिए ।

यस्तै गतिबिधिका कारण पारस बिभिन्न समयमा बिबादमा पर्ने गरेकाछन् । हजुर आमा कोमललाई बिदाई गर्न पारसका र प्रेरणाका छोरा पनि बिमानस्थल पुगेका थिए ।

पुर्व राजा ज्ञानेन्द्र शाहा २ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्ड मै रहेकी छिन् । घटनामा जे देखियने त्यही हामीले यहाँ प्रस्तुत गरेका छौ । राज परिवारका सदस्यको बिमानस्थलमा उपस्थिती हुँदा समर्थकहरुले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरीरहेका थिए ।

Loading...
प्रकाशित मिति १ भाद्र २०७६, आईतवार १६:२५