आज विदेशी मुद्राको विनिमय दर , कुन देशको कति भाउ ?

काठमाडौं / आज सोमबार यूके पाउण्डसहित केही देशको भाउ बढेपनिधेरै देशको भाउ भने घटेको छ । नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २ भाद्र २०७६, सोमबार ०१:५९