डेंगु रोग फैलिएर कटारीमा १९ जना विरामी

उदयपुर / एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग कटारी नगरपलिकामा प्रकोपकै रुपमा फैलिदै गएको छ । त्रियुगा नगरपालिकामा जेष्ठ ३० गते नै देखापरेको डेंगु कटारीमा साउन २६ गतेदेखि डेंगु रोगको भाइरस देखा परेको थियो । कटारीमा सोमबारसम्म १९ जनासम्म बिरामीमा यसको भाइरस देखा परिसकेको छ ।

सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा, मोरङ हुँदै उदयपुरमा पनि देखा परेको छ । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु १९ जना बढीमा फैलिएपछि त्रास फैलिएको हो ।

उदयपुरमा अहिलेसम्म दुई दर्जन बढीमा डेंगु रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले बताए । उनका अनुसार कटारी नगरपालिकामा सोमबारसम्म १९ जना बिरामी देखा परेका छन ।

Loading...
प्रकाशित मिति २ भाद्र २०७६, सोमबार ०९:३८