मलेसियामा रवि लामिछाने समर्थकहरु

मुस्कान / पत्रकार सालिकराम पुडासैनी घटना प्रकरणमा अनुसन्धानको लागि हि रासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थकहरुले देशको विभिन्न ठाउँमा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।

चितवनमा आज चौथो दिनपनि रवि लामिछाने समर्थकहरुले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए, ‘भने’ पोखरा, झापा, लमजुङ, काठमाडौं लगायत अन्य स्थानहरुमा पनि जनमास सकडमा उत्रेका थिए ।

त्यस्तै मलेसियामा पनि रवि लामिछाने समर्थक युवाहरु एक जुट भएर आवाज उठाइरहेका छन् ।

यतिबेला रवि लामिछाने सहित ३ जनाको बयान प्रहरीले लिइसकेको छ । अस्मिता कार्की उर्फ रुकुको भिडियो बयान लिइसकेपछि केही अनलाइन मिडियामा सार्वजनिक पनि भइसकेको छ । प्राप्त जानकारी अनुसार रवि लामिछाने र युवराज कडेलको लिखित बयान लिइएको बताइएको छ ।

Loading...
प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १४:५८