विदेशी मुद्राको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति ?

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्रबैकले आजका लागी तोकको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६० पैसा रहेको छ।

हिजो डलरको विनिमयदर ११३ रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रिदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ५३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३०३ रुपैयाँ ९७ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०४:०२