भक्तपुरमा मध्यराति गएको पहिरोले पाँच घर जोखिममा

काठमाडौं– भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको छ । सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् ।

सोमबार राति परेको वर्षाका कारण मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो गएको हो । जोखिममा परेका घरका मानिसलाई राति नै अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा सवारी आवागमन समेत प्रभावित बनेको छ । अरनिको राजमार्ग भएर काठमाडौं आउने सवारी साधान आवागमन प्रभावित बनेको छ ।

– तस्बिर /सगरमाथा टेलिभिजन 

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०५:०५