सिंहदरबारभित्रै एक कर्मचारीले गरे आ त्मह त्या

काठमाडौं : सिंहदरबारभित्रै एक कर्मचारीले आ त्मह त्या गरेका छन्। राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आ त्मह त्या गरेका हुन्।

आयोगका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृ त भेटिएका हुन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका उनले विष पिएर आ त्मह त्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।

कीर्तिपुरको टौदह घर हिजो बेलुकै विष पिएर आ त्मह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ।

प्रहरीले अहिले उनको श व भएको स्थानमा मुचुल्का उठाइरहेको छ। केसी मृ त भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिए। तर, उनले आ त्मह त्या गर्नुको कारणबारे केही पनि खुलेको छैन।

घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताएका छन्। उनले अनुसन्धान भइरहेकाले अहिले नै विस्तृतमा केही भन्‍न नसकिने जनाएको छ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०७:१४