मनकामना केवलकारको भाडा बढ्यो

काठमाडौँ : गोरखाको मनकामना मन्दिरमा संचालित केवलकारको भाडा वृद्धि भएको छ ।

मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी मनकामना मन्दिर आवतजावत गर्ने केवलकारको भाडा ५ प्रतिशतले बढाएको हो ।

कुरिनटारदेखि मनकामना मन्दिरसम्मको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा हाल बढाएर ६ सय ७५ रुपैयाँ पुगेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकरी दिए ।

उनका अनुसार स्थानीय तहलाई तिर्नुपर्ने कर र कर्मचारीको तलबमा वृद्धि भएकाले भाडा बढाउनुपर्ने परिस्थिति सृजना भएको हो ।

मनकामना दर्शन प्रालिले एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्‍याइएको नायव महाप्रबन्धक कायस्थले बताए । प्रालिले केवलकार संचालन गरेबापतको कार गोरखा र चितवनको दुई स्थानीय तहमा कर बुझाउदै आएको छ ।

केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा पर्ने हुँदा दुईतर्फी करको मार्कामा परेको नायव महाप्रबन्धक कायस्थको भनाइ छ ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १०:५६