विदेशमा बेचिएका र अलपत्र परेका चेलीहरु रबि दाई मलाई बचाउनुस भन्दै रुन्छन, ( भिडियो )

काठमाडौं / ‏पत्रकार शालिकराम पुडासैनि प्रकरण यतिबेला निकै तातिरहेको छ रबि लामिछानेको पक्ष र बिपक्षमा यतिबेला मतहरु आएका छन्।

खास गरी देश बाहिर बस्ने र नेपालमा पनि बिकास निर्माणमा सुधार होस् भ्रष्टाचार कम होस् र जनतालाई समान न्याय होस् भन्ने जमात रबि लामिछानेको समर्थनमा खुलेरै लागेका छन्।

बिदेशमा अलपत्रममा परेका र केहि दलाल द्वारा फ़साइएका चेलीहरुको उद्दार गरेर निकै प्रशंसा कमाएका रबिलाई समर्थक नि त्यसरी नै बुझेका छन्।

यसै बिषयमा महिला अधिकारकर्मी सर्जु शर्माले बिदेशमा कसैले पनि दुख पर्दा प्रधानमन्त्री मलाई बचाउनुस राष्ट्रपति ज्यु मलाई उद्दार गर्नु भनेर रुने गरेको नभई रबि दाई मलाई बचाउनुस मलाई उद्दार गर्नुस भने धेरै चेली रोएको समेत बताईन।

हेर्नुहोस उनीसंग गरीएको कुराकानी

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ११:३१