BREAKING – रवि लामिछाने सहित ३ जनालाई फेरि ५ दिनको म्याद थपियो

पत्रकार रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ । म्याद थप गर्नका लागि आज (मंगलबार) जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो ।

पत्रकार शालिकराम पुडासैनीलाई आ त्म ह त्या गर्न दुरुत्साहन गरेको अभियोगमा प क्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनु सन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

एसपी मल्लले पोस्ट मार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताउनुभयो ।

लामिछानेसहितका तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको थियो । जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस भएको हो ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ११:४२