रवि र युवराजलाई ५ दिन थप हिरासतमा राखिनुको कारण यस्तो

सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले ५ दिन थप हिरासतमा राख्ने अनुमति पाएको छ । जिल्ला अदालत चितवनले प्रहरीलाई अनुसन्धानका लागि ५ दिन हिरासत मै राख्न अनुमति दिएको छ । चितवनमा रविको रिहाईको मागको लागि आन्दोलन चलिरहेको बेला जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतले किन ५ दिन थप हिरासतमा राख्यो भन्ने प्रश्न अहिले रविका समर्थकहरुले उठाईरहेका छन् । रविलाई पक्राउ गर्नु नै गलत हो भन्दै आन्दोलन चलिरहेको बेला आज रवि सहित युवराजले रिहाई पाउने विश्वास गर्दागर्दै ५ दिन थप हिरासतमा राख्ने अनुमति पाएपछि प्रश्न उठाईरहेका छन् । यहि विषयमा खास अदालतमा भएको सुनुवाईमा के भयो र किन अदालतले अनुमति दियो भन्ने विषयमा बहस चलिरहेको छ ।

प्रहरीका अनुसार सालिकराम पुडासैनीले डोरी डकिनेको भिडियो प्राप्त भएको र त्यसको अनुसन्धान गर्नुपर्ने, पोष्टमार्टमको रिपोर्टमा अनुसन्धान गर्नुपर्ने, भिसेरा रिपोर्ट आउन वाँकी रहेको, न्यूज २४ का दीपक वोहोरा सहितका अन्यलाई सरकारी साँचीका रुपमा बोलाउनु पर्ने काम बाकि रहेकाले रवि सहित अरु दुई जनालाइ हिरासतमा राख्नु पर्ने भन्दै अदालत सामु माग पेस गरेको हो । प्रहरीले १० दिनको म्याद मागे पनि अदालतले ५ दिन मात्र थपेको छ । अब ५ दिन रवि लामिछानेलाइ प्रहरी हिरासत मै राखेर अनुसन्धान गरिने छ

रवि लामिछानेको रिहाइ हुने विश्वासमा रहेका रविका समर्थकहरु निराश हुदै भोलि चर्को विरोध गर्ने कुरा सामाजिक संजालमा उल्लेख गरिरहेका छन् । प्रहरीका अनुसार अबको ५ दिनमा हामी सक्दो अनुसन्धान गरेर फाईल अदालतमा पेस गर्ने कुरा इल्लेख गरेका छन् । अनुसन्धान नसकेकोले अहिले हामीले के गर्यौ र के उपलब्धि भएको छ भन्ने कुरा भन्न नमिल्ने जनाएको छ ।

Loading...
प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १६:२८