फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं ४ भदौ / बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि ह्वात्तै बढेको छ ।

हिजो प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाले बढेर प्रतितोला ७१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयामा कायम रहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ ।

आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०५:५८