निकिता पौडेल प्रहरी परिसर टेकुमा..

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले देहत्याग गर्नुअघि रेकर्ड गराएको भनिएको विवादास्पद भिडियोबारे टेलिभिजन प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले बुधबार उजुरी दिँदैछिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन निकित टेकु जाने भएकी छन् । सो विवादास्पद भिडियोमा रविसहित न्यूज २४ टेलिभिजनका युवराज कँडेल र नर्स अस्मिता कार्कीको कारण आफूले देहत्याग गर्नुपरेको शालिकरामले बताएका छन् ।

तर, विद्युतीय प्रमाण किर्ते गरेको आरोपमा उजुरी दिन उनी प्रहरीकोमा जान लागेकी हुन् ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०६:५५