निकिताको उजुरी काठमाडौं प्रहरीले लिएन, चितवन जान आदेश

काठमाडौं । देहत्याग दुरुत्साहन अभियोगमा चितवन प्रहरीको अनुसन्धानमा रहेका न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रमाणहरु तोडमोड गरेको अभियोगमा तीन जनाविरुद्ध दिन खोजेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंले लिन अस्वीकार गरेको छ ।

निकिताले महानगरीय प्रहरी परिसर टेकुमा बुधबार चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका प्रधान सम्पादक संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिन चाहेकी थिइन् । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृ त्युअघि रेकर्ड गरेको भिडियो तोडमोड गरेको आरोप निकिताको छ ।

तर, परिसरले सरकारी वकिलको कार्यालयमार्फत आउनुपर्ने भन्दै निकितलाई फर्काइदिएको हो । परिसरले निकिताले दिएको उजुरी लिन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जवाफ दिएको छ । प्रहरीले फर्काएपछि निकिता जिल्ला सरकारी वकिलको कार्यालयतर्फ गएकी छिन् ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १०:१३