विनोद बि.सीको अछाम रामारोशन नयाँ देउडा गीत सार्वजनिक | भिडियो सहित |

चुर्ण पुन मगर | बर्दिया |

रामारोशन” अछाम जिल्लाको एक पर्यटकीय क्षेत्र हो। गृह जिल्ला अछामकै परिवेशमा हुर्केका विनोद बि.सी भारतलाई कर्म थलो बनाउदै बाल्यकाल देखिकै कलाकारिता प्रतिकाे मनमोहकलाई नत गरिबीले छेक्न सक्यो नत कुनै बाधा व्यावधानले नै,आफ्नै घर छेउकाे पर्यटकिय क्षेत्र रामाराेशनकाे पर्यटन विकासका लागि शब्द समायोजन गर्दै भारतमा रहेका बि.सीले ल्याए “रामाराेशन नामक नयाँ देउडा पहिलाे काेसेली” सर्वत्र बजारमा उपलब्ध छ, खोजी खोजी हेर्न र सुन्न नभुल्नुहोला।

रामारोशन” देउडा गीतमा स्वर रहेको छ कल्पना बि.सी र बिनोद बि.सीको भने लय/शब्द सिर्जना गर्नुभएको छ कुशल जैगडी ज्युले साथै छायाँकनमा दृष्य बि.क र राजेश बि.कले दरिलो साथ दिनु भएको छ।

यस म्युजिक भिडियोलाई निर्देशक गर्रनु भएको छ रमेश बिजुली बि.सी र अभिनय गर्नु भएको छ सबिता सुनुवार र विनोद बि.सीको निकै उत्कृष्ट प्रस्तुति देख्न सकिन्छ। आफ्नै गाउँ अनि ठाउँको छायांकन गरि निर्माण गरिएको यस भिडियोमा निकै रमणीय दृश्यहरु हामीले सजिलै देख्न पाउने छौँ ।

पर्यटकीय क्षेत्र रामारोशन बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चौउरछन। प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय यो ठाउँ बाह्र प्रकारका राष्ट्रीय फुल लालीगुराँस नेपालको राष्ट्रीय चरा डाफे पाइन्छ। बाह्रवटा तालहरु मध्ये सबै भन्दा ठुलो ताल जिगाले ताल हो।

जईको आकार अंग्रेजी अक्षर “सि” जस्तो छ। जुन बाटुले ताल भन्दा अलिक माथि छ। यहाँको सानो ताल मध्येको ताउने ताल हो। यो हाल पुरिने अवस्थामा छ। जिगाले ताल भन्दा माथि पट्टि धेरै तालहरु छन। यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चौउर छन।

जुन अठार खण्डका नामले प्रख्यात छन। यस्ता चौउरहरु मध्येमा किनेमिने चौउर सबैभन्दा ठुलो चौउर हो। जईको बीच भएर कैलाश खोला बग्दछ। यो सम्भवत अछामकै ठुलो चौउर हो। जईको केहि माथी पट्टि रोशन चौउर छ यो पनि उत्तिकै ठुलो र रमाइलो छ।

यस्तै यस्तै कथा काहानी अनि अछामको पर्यटकीय क्षेत्र विकासलाई अझ बढी टेवा पुगोस भन्ने उदेश्यका साथ मिठा मिठा शब्दहरु समायोजन गरि तयार गरिएको अछाम रामारोशन नयाँ देउडा गीति एल्बम सबैले माया गरिदिनुहुने छ मिठो आशा राखेका छौँ बाँकी भिडियो हेर्नुहोस्।

भिडियो हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १०:२१