श्रीमान विदेशमा,  श्रीमती अर्कै केटासँग गोंगबु होटलमा मृ त फेला

काठमाडौं / काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृ -त अवस्थामा फेला परेका छन्।

उक्त होटलको १११ नम्बर कोठामा मंगलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृ -त अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले मंगलबार राति सुत्न आएका दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए। दुवै व्यक्ति के कारणले म,रे भन्नेबारे अ*नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...
प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार १४:०९