रबिलाई भेटे पछी नायिका श्वेता खड्काले लेखिन मनछुने स्टाटस

नायिका स्वेता खड्काले चितवन प्रहरी हि*रासतमा रहेका पत्रकार रबि लामिछने संग भेट गरेकी छन् । उन्ले रबि संग भएको २ मिनेटको भेटमा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा समेत चासो दिनुभएको बताएकी छिन । रबि लामिछाने संगको भेट बारे जानकारी गराउदै स्वेता लेख्छिन -“यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ ” आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर का*रागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो ।

क*सुर सावित नभएतापनी क*सुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो ।म, रवी दाईसंग जे*ल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको स*मर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अ*वरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको ” हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ ” भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ ।

त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ।रवी दाईलाई कै*दीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अ*पशब्दहरु प्रयोग गरिए ।

तर म , सँधै न्या*य र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन ।मलाई मानवियता भन्दा कुनै दल , धर्म वा बर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन । जतिखेर मैले “रवी लामिछाने दाई जस्तो असल ब्यक्ती सतिले स*रापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँ*सी दिईनुपर्छ ” भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झो*लेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज म , रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपा को सरकार छ ।अब म ढुक्क छु ,मलाई नेकपाका केहि झो*ले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वा*त लगाउनेछन ।मलाई कहिले काँग्रेस ,कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वा*त लाग्नु कुनै नौलो पनि रहेन । यदी ”राम्रो मान्छेलाई हाम्रो मान्छे” को रुपमा लिंदा कुनै दल वा वर्गको आ*रोप लाग्छ भने म त्यो आ*रोपलाई सहर्श स्वि*कार गर्न तयार रहन्छु ।मलाई आ*रोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन ।

म न्या*यप्रेमी नारी , म स्व*तन्त्रताको पक्षधर । मलाई नि*स्पक्ष र नि*स्कपट छा*नविनको अ*न्तिम निर्णय मान्य हुनेछ । सालिकराम पुडासैनीकी बि*धुवी श्रीमती सम्झना पुडासैनीको उ*जाड सिउँदो र रवी लामिछाने दाईकि नि*र्दोश श्रीमती निकिता पौडेलले पनि न्या*य पाउनु पर्छ । न्या*य न*डगमगाओस । जे भएको हो त्यही देखोयोस , जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओ*इलाएर नजाओस । मेरो कामना । Shweta Khadka

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार ०८:३२