रवि लामिछानेको समर्थन गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत, ५ भदौ । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा सुर्खेतमा पनि प्रदर्शन भएको छ । दो,षीलाई कारबाही गरिनुपर्ने भन्दै निर्दोष लामिछानेलाई रिहाईको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

वीरेन्द्रनगरको मंगलगडी चोकबाट शान्तीपूर्ण ¥याली निकाल्दै वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारामा कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रमामा बोल्दै प्रदर्शनको नेतृत्व गर्नुभएका दिनेश घर्तिले सुनियोजित ढङ्गले लामिछानेलाई फसाउन खोजीएको बताउदै सत्य तथ्य छानबिन नभए आन्दोलनलाई सरकारले थेग्न नसक्ने चेतावनी दिनुभयो ।

उहाँले आन्दोेनल कोही व्यक्तिसँग नभई न्यायको लागि भएको बताउनु भयो । न्याय नपाए सम्म निरन्तरुपमा आन्दोलन जारी रहने उहाँको भनाई छ ।

गरीब जनताको न्यायमा सधैँ लागिरहने व्यक्तीले आत्महत्या गर्न दुरत्साहन गरेको आरोप पत्याउनै नसकिने उहाँले बताउनुभयो । ¥यालीमा सुर्खेतका युवाहरुसँगै विभिन्न पेशामा आवद्ध व्यक्तिहरु सहभागि थिए ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १३:५६