मलाई आमा बन्न रहर छ – गायिका ज्योती मगर

काठमाडौं /नेपाली लोक गायन क्षेत्रमा गायिका ज्योती मगरको चर्चा छुट्टै छ । उनलाई धेरैले गायिका भन्दा पनि हट पहिरन र उत्ताउला गीत गाउने गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा ज्योती बढी नै खुल्दा उनको आलोचना हुने गरेको छ । छोटो समयमै निकै चर्चित गायिका ज्योति मगरको नयाँ गीत आउँने तयारीमा रहेको छ ।

उनको सामान्य रुपमा हेर्दा अलिक फरक खालका भिडियोहरु बजारमा आउँछन् । उनलाई समाजमा अश्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ । पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् ।

आफ्नै कमाई बाटै काठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । उनले आफ्ने अंग प्रदर्शन गरेको नर्भइ आफुले कला प्रदर्शन गरेको खुलाइन् ।

एक युट्यवका पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । तीजको सुटिङमा व्यस्त भएकी उनले आफुले केही राम्रा गीतहरु बजारमा आएको तर चर्चामा नआएको दुःखेसो गरिन् ।

उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १४:२०