मेरी आमाको कसम खाएर भन्छु, हामीले कुनै अ-पराध गरेका छैनौं, : युवराज कंडेल

टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले आ–आफ्नो फेसबुक वालमा आफूहरु निर्दोश रहेको र निष्पक्ष छानविन हुन माग गरेका थिए । रवि लामिछानेले भनेका थिए, ‘आ-रोप लगाउने म रेर गएपनि आरोप खेप्ने म जिउदै छु। म र्नेले लगाएको एउटा मात्रै आ रोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ-रोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’

त्यस्तै युवराज कँडेले पनि लेखेका थिए, ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडिदिएको छु, अनि अष्ट्रेलिया पठाइदिने लगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानून छ अनि सबैकुरा देख्ने ईश्वर छ म म-र्न तयार छु । सबैकुरा छानबिन होस् । हामीले कुनै अ-पराध गरेका छैनौं ।’

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हि रासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हि रासतमा राख्न आदेश दिएको हो ।

सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो। तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले दु रुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ । पत्रकार शालिकराम पुडासैनीको प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० प क्राउ गरेको थियो ।

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १६:०५