जुम्ल्याहा दिदीबहिनीको नयाँ म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा-प्रिन्सी खतिवडा अभिनित तथा गायक शिव परियारको आवाजमा “सुन्दर नयन” म्यूजिक भिडियो भर्खरै मात्र सार्ववानिक भएको छ ।

जसमा प्रिज्मा/प्रिन्सी खतिवडाको अब्बल अभिनय देख्न सकिन्छ । यसभन्दा अघि यि दिदीबहिनीलाई दर्शक तथा उनिहरुको फ्यानले रोमान्टीक तथा चुलबुले अवतारमा मात्र देखेका थिए । दर्शकहरुले उनिहरुलाई यस्तो अभिनय गर्छन भनेर सायदै सोचेका थिएनन् होला ।

यस भिडियोले फिल्म मेकरको ध्यान अझ धेरै यि दिदीबहिनितिर तान्ने सम्भावना देखिन्छ ।

त्यैगरि यसका गायक शिव परियारले पनि उनको गायन ईतिहासमा अर्को एउटा हिट गीतको संख्या थप्नेमा दुईमत छैन । सुन्दर नयन नामक यस गीतको संगीतकार दिपक सिलवाल हुन भने, शब्द सुदिप कोईराला, छायांकन अर्जुन तिवारी, सम्पादन नविन निरौलाको रहेको छ भने यस भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन ।

निर्देशक बिष्टले भिडियोमा आफ्नो ट्रयाक चेञ्ज गर्दै यस्तो भिडियो बनाएका हुन,जसमा मार्मिक तथा सान्दर्भिक कथा र प्रस्तुती देख्न सकिन्छ ।

हेर्नुहोस भिडियोः

Loading...
प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १७:१६