रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् ।

प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नो फेसबुक वालमा लेखेका छन्स्

प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भो,

१। मलाई फसाउन खोजियो,

२। प्रहरी अनुसन्धानको प्राथामिकता बारे,

३। म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके,

४। अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थिति लाइ आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको ला शमाथि लाजनिती पनी गरिएछ – नोट म भाषण गर्न चाही आएको हैन है .

Loading...
प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार १४:१४