अर्घाखाँची असार १९ /
अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको जिप दुर्घटना भएको हो ।
लु १ ज १३२९ नम्बरको जिप सुपादेउराली नजिकै जिप पल्टिएपछि ३ जनाको घटनास्थल मै मृत्यु भएको छ।
सो जिपमा करिब ११ जना सवार थिए। दुर्घटनामा थप ५ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। जिप कृष्णनगर यातायातको रहेको बुझिएको छ ।
Loading...