प्रहरी हिरासतबाटै रवि लामिछानेको पहिलाे अन्तरवार्ता

काठमाडौं / प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको पत्रकार टेकनारायण भट्टराईले अन्तर्वार्ता लिएर युट्युबमा राखेका छन् । पत्रकार भट्टराईले युट्युबमा राखेको सो अन्तर्वार्तामा रविले आफू असुरक्षित रहेको बताएका छन् ।

आफूलाई नियोजित रुपमा फसाउन खोजेको र चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले गर्ने अनुसन्धानमा अविश्वसनीय रहेको हिरासतमा रहेका रविले बताएका छन् ।

कुनै कारण र प्रमाणबिना नै आफूलाई म्याद थपेर प्रहरीले हिरासतमा राखेको रविले बताएका छन् । करिब २० मिनेटको रहेको अडियो अन्तर्वार्तामा रवि लामिछानेले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै प्रहरीको अनुसन्धानमाथि शंका व्यक्त गरेका छन् ।

‘मेरो कारणले शालिकराम भण्डारी भण्डारीले आत्महत्यागरेको भन्ने कुनै प्रमाण छैन, रविले भनेका छन्, ‘शालिकरामसँग सम्पर्क भएको नदेखिएपछि मलाई किन हिरासतमा राखे ?’ बिना कानुन आफूलाई म्याद थपेर हिरासतमा राखेको भन्दै उनले आफ्नो हत्याहुन सक्ने पनि बताए ।

पत्रकार रवि लामिछाने हिरासतमा पुगे पछि पहिलो पटक उनको धारणा सार्वजनिक भएको छ ।

उनले निकै दुखका साथ अन्तरवार्तामा आफुलाई नियोजित रुपमा फसाउन खोजेको बताएका छन ।

Loading...
प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार १६:०८