शालिकराम पुडासैनी प्रकरणको थप रहस्य खुल्यो

काठमाडौं / पत्रकार शालिकराम पुडासैनीको मृ त्यु प्रकरणको अनुसन्धानमा नयाँ तथ्यहरु फेला परेका छन् । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश कान्तिपुरले समाचार मार्फत सार्वजनिक गरेको छ ।

समाचारमा राखिएका कुराकानीको केही अंश यस्ता छन्

१) चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’

२) शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’

३) रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

कान्तिपुर लेख्छ, एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितलाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाव दिएको देखिन्छ ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०२:३८