कहिल्यै नर्फकिनेगरी लिबियाबाट बिदा भए सन्तोष श्रेष्ठ

काठमाडौं । लमजुगंको बेशिशहर नगरपालिका वडा नम्बर ११ चितितिनपिप्ले हटियाका २७ वर्षीय सन्तोष श्रेष्ठको उदेश्य थियो युरोपेली मुलुक इटाली पुगेरै छाड्ने । तर आफ्नो सुकिलो सपना पूरा नहुँदै सन्तोष युद्धग्रस्त अफ्रिकी देश लिबियामा आक्र@मण’मा मारिए । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमण’मा परी मृ@त्यु’ भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आइओएमका अनुसार यही असार १७ गते भएको आक्र@मणमा उनी मारिएका हुन् । त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ । त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ । सन्तोषको घरमा बुबा आमा, ३ दिदीबहिनी बाहेक एक भाई रहेका छन् ।

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार ०८:५६