सन्नी लियोनी खेलेको नेपाली फिल्म ‘पासवर्ड’को प्रोमो रिलिज

नेपाली फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीलाई पनि प्रस्तुत गरिएको छ ।

प्रोमोमा नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ । सँगै अभिनेता धिरेन शाक्य, विक्रम जोशी, बुद्धी तामांग, रविन्द्र झा लगायतका कलाकारले पासवर्डको प्रोमोमा विभिन्न रुपमा प्रस्तुत गरिएको छ । नायिका छुल्ठिम गुरुंगको एक झलक मात्र देखाइएको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्ड लाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । सिमा गुरुंगको कथा रहेको फिल्मको संवाद महेश दवाडी र निर्देशक बस्नेतले लेखेका हुन् । ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०९:५१