हिरासतमा रविको अन्तर्वार्ता लिनेलाई कारबाही गर्छौं : एसपी मल्ल

भदौ ७ काठमाडौं / लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रबि लामीछाने चितवन प्रहरीको हिरासतमा छन्। पत्रकार सालिकराम पुडासैनी प्रकरणमा मुछिएपछि लामिछानेसंगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाइ अनुसन्धानका लागि हिरासतमा राखिएको हो।

अनुसन्धानका लागि अदालतले दिएको ५ दिनको म्याद सकिएपछि पुन अनुसन्धानको लागि प्रहरीले समय माग गरेकोमा अदालतले थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। यसैबीचमा प्रहरी हिरासतभित्र रहेका लामिछानेसंग पत्रकार टेकनारायण भट्टराईले हिरासतभित्रै गरेको कुराकानी बाहिरिएको छ। उक्त कुराकानीमा रबि लामिछानेले आफुँलाइ हिरासतमा राखिनुमा कुनै आधार नहुँदा पनि पटकपटक म्याद थप गरिनुमा आफुँलाई जसरि पनि फसाउने नियत रहेको स्पस्ट हुने बताएका छन्।

न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक भएपछी चितवन प्रहरी तनावमा परेको छ। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्।

हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताए। कस्ले कसरी? सार्वजनिक गर्‍यो भन्नेबारे अनुसन्धान गरी कार्वाही गर्ने एसपी मल्लको भनाइ छ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १०:०७