रवि लामिछानेको समर्थनमा उदयपुरको गाईघाटमा प्रदर्शन

उदयपुर । पत्रकार रवि लामिछानेको रि#हाईको माग राख्दै स्वतन्त्र नागरिक समाज उदयपुरले गाईघाटमा शान्तपूपर्ण दबाबमुलक कार्यक्रम सम्पन्न गरेको छ ।

न्यूज २४ टेलिभिजनको सिधा कुरा जनता संगका प्रस्तोता रबी लामिछाने, युवराज कडेल र अस्मीता कार्कीको रिहाईको माग राख्दै स्व#र्गीय पत्रकार सालिकराम पुडासैनीको आ%त्म ह# त्याको सत्य तथ्य छानविनको माग राख्दै गाईघाट प्रदर्शन गरिएको हो ।

पत्रकार सालिकराम पुडासैनी आ%त्म ह #त्या प्रकरणमा प#क्राउ परेका पत्रकारहरु निर्दोष भएको भन्दै देश भरका विभिन्न शहरमा आन्दोलन र प्रदर्शन हुन थाले पछि उदयपुरमा पनि प्रदर्शन गरिएको हो । यस अघि उदयपुरको कटारीमा पनि स्थानिय नागरिकहरुले प्रदर्शन गरेका थिए ।

शनिवार गाईघाट स्थित पिपल चोकबाट सुरु भएको कार्यक्रममा पाँच सय बढि नागरिकहरुले सहभागीता जनाएका थिए । उनीहरुले सालिकराम पुडासैनी आ%त्म ह# त्याको सत्य तथ्य छानविनको माग गरेका छन्र।

रवि लाई फसाउने खोजीएको भन्दै प्रदर्शनकारीले विनाशर्त रि#हाईको माग राखेका छन् । अनुसन्धानको नाममा राष्ट्रभक्त पत्रकार माथि भएको ज्यादती कुनै पनि हालतमा सह्र्य नहुने नागरिकहरुले बताएका छन् ।

देशमा चरम भ्रष्टचार, लुटतन्त्र, देशको सिमा मिचिदा समेत चुप लागेर बसेको सरकार एक राष्ट्रप्रेमी पत्रकारलाई झुठा मुद्धामा फसाउने खोजेको प्रति सरकारको तिब्र आलोचना गरिएको थियो ।

रवि लाई बिना शर्त रिहा नगरिए चरणबद्ध प्रदर्शन गर्ने स्वतन्त्र नागरिक समाजका अगुवा सबु थापाले बताईन् । कार्यक्रममा स्थानिय नागरिकहरु ध्रुब पोख्रेल, जीवन श्रेष्ठ, ससी लामा, केशव पाण्डे, विमला सुनुवार, रत्ना तामाङ लगायतले आफ्नो भनाई राखेका थिए ।

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ११:४६