प्रधानमन्त्री ज्यु :  “मेरो स्कुटरमा चढेर बनस्थली जाउ “”

असार १९ काठमाडौँ / नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन्। अब मास्क लगाएर हिँड्न नपर्ने प्रधानमन्त्रीको अभिब्यक्तिपछी सांसद शाहीले यस्तो आग्रह गरेकी हुन्।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन् आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस्। बनस्थलीसम्म जाऊँ। मास्क लगाउन पर्छ कि पर्दैन हेरौं।

मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ।

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १०:५०