रवि लामिछानेको सन्देश : भोलि मलाई अदालतले न्याय दिनेछ

काठमाडौं / प्रहरी हिरासतमा रहेका पत्रकार रबि लामिछाने भोलि रिहा हुने भएका छन् । शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा पक्राउ परेका रबि लामिछाने भोलि रिहा हुने भएका हुन् ।

रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रारम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।हेर्नुहोस स्टाटस जस्ताको तस्तै : प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु ।

न्याय अझै म’रेको छैन । सम्भवत सम्माननीय अदालतले भोलि (आईतबार) मलाई प्रारम्भिक न्याय दिनेछ ।यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।

-रवि लामिछाने

Loading...
प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १६:१६