काठमाडौं १९ असार / गायिका नम्रता तामाङको स्वरमा नगर शंका बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बरिस्ठ सर्जक तथा संगीतकार राजकुमार बगरले गीतको शब्द संकलन र संगीत संयोजन गरेका हुन् ।
माया प्रेमको भावलाई समेटेर तयार पारिएको उक्त गीतको भिडियोमा मोडल तथा नायक पल शाह र नायिका तथा मोडेल एलिशा राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
भिडियोलाई निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् भने ; नवीन निरौलको सम्पादन रहेको छ ।
हेरौ उक्त गीतको भिडियो :