काभ्रेको ईट्टा भट्टामा नगरले चलायो डोजर

काभ्रे, ८ भदौ / काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा सञ्चालित ईट्टा उद्योगहरुले नगरपालिकासँग गरेको करार संझौतालाई कार्यान्वयन गर्न अटेर गरेपपछि आज आइतबार नगरले उद्योगमा डोजर चलाएको छ । नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पु¥याएका छन् ।

जेसिभीहरु बाटोमा तेस्र्याएर अवरोध गरिए पनि नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी अहिले वडा नं. २ मा रहेको शिवशक्ति ईट्टा भट्टामाथि प्रहार गर्दैछ भने वडा नंं २ मा नै रहेको भैरबकुण्ड भट्टा भत्काएको छ ।

नमोवुद्ध नगरपालिकाको वडा नं. २ र ३ मा गरी जम्मा ८ वटा ईट्टा उद्योगहरुले ईट्टा उत्पादन गर्दै आएका थिए ।

यी सबै उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेको नगरपालिका श्रोत बताउँछ । नगरको भदौ ५ गते बसेको कार्यापालिकाको बैठकले यी सबै उद्योग हटाउने निर्णय गरेको थियो । निर्णयपछि हिजो शनिबार भत्काउने भनिए पनि आज आइतबार बिहानैबाट भत्काउन शुरु गरिएको हो ।

Loading...
प्रकाशित मिति ८ भाद्र २०७६, आईतवार १२:११