शुक्रबारको दिन धनकी देवी लक्ष्मीको पुजा गर्नुहोस्

काठमाडौँ / शुक्रबारको दिन धनकी देवी लक्ष्मीको पुजा गर्ने गरिन्छ । धनकी देवीको रुपमा मानिने लक्ष्मीलाई खुशी पार्न सकेमा आटेको पुग्ने बिश्वास गरिएको छ । लक्ष्मीको पुजा गरेमा धनी भइने जनविश्वास पनि छ । त्यस्तै हाम्रो घरमा कुवेरको मुर्ति राख्दा पनि लक्ष्मी खुसी हुन्छिन् । खासमा कुवेर पनि धनका मालिक हुन् उनले लक्ष्मीको रक्षा गर्ने गर्छन् । धर्म शास्त्रका अनुसार नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने बिश्वास गरिएको छ ।

त्यस्तै चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । दैनिक रुपमा यस्ता मुर्तिको पुजा गर्नु पनि राम्रो मानिन्छ । खासमा हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजा गर्ने दिन मानिने गरिन्छ ।यसले घरमा धनको वृद्धि हुने मानिन्छ । धनकी देवीलक्ष्मीको पुजा गरे मनोकामना पुरा हुने बिश्वास गरिन्छ ।

आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र(पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०२:५२