चितवनमा कर्फ्यू, पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने

रवि लामिछानेको रिहाईको माग गर्दै भएको प्रदशनीले उग्ररुप लिदै गएको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधज्ञामा कडाई गर्ने भएको छ । चितवन जिल्लामा शान्ती सुरक्षा कायम गर्नुका साथै कुनै अप्रिय घटना नहोस् भन्ने उद्धेश्यले सोमबार विहान ६ वजेदेखि अनिश्चितकाल सम्मको लागि यस्तो निषेधज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द बस्नेतद्धारा जारी विज्ञप्तीमा ५ जना भन्दा वढीको झुण्ड भएर हिडडुल गर्न नपाईने भएको हो ।

निषेधाज्ञा लागु हुने क्षेत्रमा पुर्वमा आन्तरिक राजस्व कार्यालय देखि घरेलु कार्यालय सम्म , पश्चिममा सप्तगण्डकीअसपताल देखि चोविसकोठी सम्म , उत्तरमा आन्तरिक राजस्व भरतपुर अस्पताल, नारायणी मावि , कृषि ज्ञान केन्द्र हु्दै चौविसकोठी सम्म र दक्षिणमा घरेलु कार्यालय देखि दुरसंचार रोड हुदै सप्तगण्डकी अस्पताल सम्म यो नियम लागु हुने प्रशासनले विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ००:४४