निषेधित क्षेत्रमा बिहानैदेखि माइकिङ गर्दै प्रहरी

काठमाडौं / जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि जारी प्रदर्शन आइतबार उग्र बनेपछि प्रशासनले थप कडाई गर्न लागेको हो ।

आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ ।

भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ ।

तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ती, सुरक्षा कायम राख्ने उदेश्यले यस्तो आदेश गरिएको बताउनुभयो ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०३:०७